२०८३ साउन १२ , मंगलबार

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना



हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा अधिकांश प्रदेशका पहाडी र तराई भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २३ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।