कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाटराजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।

मुख्यमन्त्री कँडेलविरुद्ध गत असार ३२ गते नेपाली कांग्रेस रनेकपाका १६ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
सोही प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि शनिबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको थियो। तर अविश्वास प्रस्तावमाथिको प्रक्रियामा अघि बढ्नुअघिनै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएका हुन्।
यसअघि गत असार ३१ गते सत्ता साझेदार दल नेपाली कांग्रेसका चार मन्त्रीले कर्णाली प्रदेश सरकारबाट सामूहिक राजीनामा दिएका थिए। आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत तथा ऊर्जा मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पद त्याग गरेका थिए।
मुख्यमन्त्री कँडेल २०८० साल चैत २७ गते मुख्यमन्त्री नियुक्त भएकाथिए। त्यतिबेला नेकपा (माओवादी केन्द्र) को समर्थनमा उनले सरकार गठन गरेका थिए।
पछि केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेसँगै नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सत्ता समीकरण बनेको हस्तान्तरणसम्बन्धी पूर्वसहमति कार्यान्वयन नभएको र एमालेले सहकार्यको प्रतिबद्धता उल्लंघन गरेको आरोपलगाउँदै आएको कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई राजीनामा गराएको थियो।
त्यसको भोलिपल्ट कांग्रेसले नेकपासँग नयाँ सत्ता सहकार्य अघि बढाउँदै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको थियो। सोहीअनुसार २०८१ सालसाउनमा कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएको थियो।
तर सत्ता हस्तान्तरणसम्बन्धी पूर्वसहमति कार्यान्वयन नभएको रएमालेले सहकार्यको प्रतिबद्धता उल्लंघन गरेको आरोप लगाउँदै आएको कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाईराजीनामा गराएको थियो।
त्यसको भोलिपल्ट कांग्रेसले नेकपासँग नयाँ सत्ता सहकार्य अघि बढाउँदै मुख्यमन्त्री कँडेल नेतृत्वकोसरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो।
राजीनामासँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ।









