२०८३ कात्तिक १२ , बुधबार

बुढीगण्डकीमा बाढी : नेपाली सेनाद्वारा ४९ जनाको उद्धार



गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको नेपाली सेनाले उद्धार गरेको छ। नेपाली सेनाले आइतबार सूचना जारी गर्दै चारवटा हेलिकप्टर र स्थलमार्गबाट परिचालन गरिएको सुरक्षा टोलीले बाढी प्रभावित ४९ जनाको उद्धार गरेको जनाएको हो।

सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।