२०८३ भदौ २७ , शनिबार

कर अधिकृतसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एमएस पालसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले कर अधिकृत पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि लेखापरीक्षण तथा कर निर्धारणसम्बन्धी काम गरी कर फर्छ्यौट गराइदिने भन्दै सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको छ।

अख्तियारको टोलीले केही समयअघि कर अधिकृत पाललाई ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा पाल र यादवको मिलेमतोमा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि दुवैजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।