२०८३ वैशाख ४ , शुक्रबार

हामी को हौं !

कारखाना मिडिया अनलाइन मिडियाको भीडमा हराउने वा पछ्याउने अर्को माध्यम मात्र होइन। हामी सञ्चारको मूल आदर्श, मूल्य र मान्यतामा अडिग रहँदै नागरिक स्वतन्त्रता, वैयक्तिक अधिकार, राष्ट्रिय सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा उभिएका छौं।

हाम्रो विश्वास छ-प्रजातन्त्र स्वतन्त्र सञ्चारबिना अपूर्ण हुन्छ, र स्वतन्त्र सञ्चार प्रजातन्त्रबिना अधुरो। यी दुईबीचको सम्बन्ध परस्पर निर्भरशील छ, जसलाई जोगाउन हामी प्रतिबद्ध छौं।

कारखाना मिडिया तटस्थताको नाममा मौन बस्ने संस्था होइन। हामी न चुप लाग्छौं, न अन्धो विरोध गर्छौं। हामी तथ्यमा आधारित समाचार प्रस्तुत गर्छौं, विचारको विविधता र खुला बहसको सम्मान गर्छौं। जहाँ निषेध छैन, संवाद हुन्छ। जहाँ डर छैन, विचार हुन्छ।
कारखाना मिडिया डटकम Karkhana Media & Research Center  Pvt. Ltd.  बाट सञ्चालित छ ।