२०८३ भदौ २७ , शनिबार

भारतबाट नेपाल आउँदा परिचयपत्र अनिवार्य



सर्लाही जिल्ला सुरक्षा समितिको बैठकले भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिले अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने निर्णय गरेको छ। केही दिनयता फैलिँदै गएको साम्प्रदायिक प्रदर्शन तथा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको हो।

मधेश प्रदेशका केही जिल्लामा कर्फ्यू तथा निषेधाज्ञा जारी भएका बेला सर्लाही प्रशासनले सीमा क्षेत्रको निगरानी बढाउँदै परिचयपत्र अनिवार्य गर्ने व्यवस्था लागू गरेको जनाएको छ। अब भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ। परिचयपत्र नदेखाएमा नेपाल प्रवेश गर्न नदिइने स्थानीय प्रशासनले स्पष्ट पारेको छ।

यसैबीच, शुक्रबार बिहानैदेखि सदरमुकाम मलंगवामा बजार बन्द गराइएको छ। विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् भने सम्भावित अप्रिय घटना रोक्न सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरीले जनाएको छ।

प्रशासनले नागरिकलाई अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम गर्न सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।