कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार नेपालको संविधानको व्यवस्था अनुसार शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
यसअघि शाहीले मंगलबार साँझ करिब ५ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका थिए। उनलाई आफ्नै दलका १४ जना र सत्ता साझेदार नेकपा एमालेका १० जना गरी कुल २४ प्रदेशसभा सदस्यको समर्थन प्राप्त रहेको छ, जसका आधारमा प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मुख्यमन्त्री शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
शाहीको नियुक्तिसँगै कर्णाली प्रदेशमा नेकपा–एमाले गठबन्धनको नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार









