२०८३ कात्तिक १२ , बुधबार

मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुने दिनकै बैठक स्थगित



आज (बिहीबार) दिउँसो ३ बजे बस्ने तय भएको कर्णाली प्रदेश सभाको बैठक स्थगित भएको छ। सभामुख नन्दा गुरुङले सूचना जारी गरी बैठक आगामी साउन ९ गते शनिबार दिउँसो ३ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएकी छन्।

यद्यपि, मुख्यमन्त्री यामलाल कँडेल विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका कारण बैठक स्थगित गरिएको प्रतिपक्षको आरोप छ।

नेपाली कांग्रेस र नेकपाले गत असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेका थिए। उक्त प्रस्तावमाथि आज मतदान हुने तयारी रहेको र दुवै दलले प्रस्तावको पक्षमा मतदान गर्ने बताएका थिए।

अब अविश्वास प्रस्तावसँग सम्बन्धित प्रक्रिया तथा सम्भावित मतदान साउन ९ गते बस्ने प्रदेश सभा बैठकमा अघि बढ्ने छ।

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।