नेपाली कांग्रेस र नेकपाले कर्णाली प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।

बुधबार बसेको नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको हो।
यस्तै नेकपाका प्रमुख सचेतक कृष्ण बहादुर जिसीले पनि आफुहरुले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने जानकारी दिए । कांग्रेस र नेकपा मिलेर गत असार ३२ गते प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
उक्त प्रस्तावमाथि बिहीबार प्रदेशसभामा छलफल तथा निर्णयका लागि कार्यसूची तय गरिएको छ। अविश्वास प्रस्ताव बहुमतबाटहुने देखिएसँगै मुख्यमन्त्री मुख्यमन्त्री कँडेलको पद संकटमा परेको छ ।
उनी सम्भव त भोलि नै पदमुक्त हुने सम्भावना देखिएको छ ।
प्रकाशित मिति : २०८३ साउन ६ गते बुधबार









