कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका छन् ।
प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त भएका हुन् ।
नवनियुक्त पदाधिकारीहरूले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त पदाधिकारीलाई आफ्नो जिम्मेवारी इमानदारी, पारदर्शिता र सेवामुखी भावनाका साथ निर्वाह गर्न आग्रह गरिन् । उनले प्रतिष्ठानको शैक्षिक तथा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन पदाधिकारीहरूलाई सक्रिय भएर काम गर्न सुझाव दिइन्।
प्रकाशित मिति : २०८३ भदौ २४ गते बुधबार









