२०८३ असोज १ , बिहीबार

चौकुनेमा कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुदैं



सुर्खेतको चौकुने गाउँपालिकामा कानसम्बन्धी समस्या भएका बिरामीका लागि निःशुल्क स्वास्थ्य सेवा तथा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ।

चौकुने गाउँपालिकाको आयोजना तथा वीएन अस्पताल नेपालगञ्जको प्राविधिक सहयोगमा गाउँपालिकाका विभिन्न स्थानमा कानसम्बन्धी समस्या भएका बिरामीको निःशुल्क परीक्षण, उपचार, परामर्श तथा आवश्यक शल्यक्रिया गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार २०८३ असोज ५ गतेदेखि शिविर सञ्चालन हुनेछ। असोज ५ गते वडा नम्बर १  धनरास, असोज ६ गते वडा नम्बर २ लगाम, असोज ७ गते वडा नम्बर ३ बेतान र असोज ८ गते सोभानचौर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ।

त्यस्तै, असोज ९ गते वडा नम्बर ४ बिजौरा, असोज १० गते वडा नम्बर ५ मायाताल, वडा नम्बर ६, ७ र ८ मा असोज ११ गते गुटु स्वास्थ्य चौकी, वडा नम्बर ९ मा असोज १२ गते राग र वडा नम्बर १० मा  असोज १३ गते घाटगाउँमा शिविर सञ्चालन हुने जनाइएको छ।

गाउँपालिकाले  नाम दर्ता तथा बिरामी पुर्जा शुल्कबापत १० रुपैयाँ लाग्ने र कान सुन्ने मेसिनको शुल्क तथा शल्यक्रियामा लाग्ने न्यूनतम शुल्क भने बिरामी स्वयंले व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ।

गाउँपालिकाले चौकुने बाहेकका सेवाग्राहीलाई समेत आफूलाई पायक पर्ने स्थानमा पुगेर सेवा लिन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज १ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।