२०८३ मंसिर १० , बिहीबार

हुम्लामा भालुको आक्रमण एक जना घाइते



हुम्लामा भालुको आक्रमणबाट हुम्लामा एक जना घाइते भएको छ। 

घाइते हुने खार्पुनाथ गाउँपालिका-३ कारङका अन्दाजी ४५ वर्षिय चक्र बहादुर शाही रहेको  जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। 

५ जना जंगलमा काठ काटन गएका बेला जंगली जनावर भालुले आक्रमण गरि घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले बताए। घाइते शाहीको टाउको ,अनुहार,र शरिरको विभित्र भागमा चोट रहेको डिएसपी खडकाले बताए।

उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउदै गरेको डिएसपी खडकाको भनाई छ।

प्रकाशित मिति : २०८३ मंसिर १० गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।