२०८३ मंसिर १० , बिहीबार
१० औँ राष्ट्रिय खेलकुद

१० औँ राष्ट्रिय खेलकुद फुटबलमा लिग चरणबाटै बाहिरियो कर्णाली



दशैं राष्ट्रिय खेलकुदमा सह–आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाट बाहिरिएको छ ।

बिहिबार तेस्रो दिनको पहिलो खेलमा कर्णालीलाई गण्डकी प्रदेशले ५–० को अन्तरले पराजित गरेको हो । यो सँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ । आजको खेल जित्नै पर्ने दवावमा रहेको कर्णाली लिग चरणबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ ।

यसअघि मंगलबार उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग कर्णाली ३–० ले पराजित भएको थियो ।
आजको खेलको १६ औँ मिनेटमा गण्डकीका लछु थापाले पहिलो गोल गरे । त्यसैगरी खेलको २५ औँ र ३३ औँ मिनेटमा गण्डकीका आशिष गुरुङले दुई गोल गरेर टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

गण्डकीका सुदिप गुरुङले खेलको दोस्रो हाफको ५७ औँ मिनेटमा थप एक गोल गरे भने अतिरिक्त थप भएको चार मिनेटमा गण्डकीका टेकराज गुरुङले एक गोल गरेर खेलको अन्तर ५–० कायम गराएका थिए ।

म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार गण्डकीका रन्दिप पौडेल, यामबहादुर श्रेष्ठ र कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाएका थिए । उनका अनुसार आज दिउँसो २ः३० बजे हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएर्फ) र मधेस प्रदेश भिड्ने छन् ।

प्रकाशित मिति : २०८३ मंसिर १० गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।