२०८३ मंसिर १० , बिहीबार
१० औँ राष्ट्रिय खेलकुद

लुम्बिनी होइन, यसपटक श्रीस्थानबाट ओलम्पिक टर्च बालौँ : हरिबहादुर रोकाय



विश्व अल्ट्रा म्याराथन धावक हरिबहादुर रोकायले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च दैलेखको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानबाट प्रज्वलन गर्न प्रस्ताव गरेका छन्।

नेपाल ओलम्पियन संघमा आबद्ध रोकायले यसपटकको राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च श्रीस्थानबाट बाल्ने व्यवस्था मिलाउनुपर्ने बताएका हुन्। हालसम्म राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च प्रज्वलनका लागि लुम्बिनीलाई प्राथमिकता दिँदै आइएको छ।

यसपटक दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुँदैछ। प्रतियोगिताको ओलम्पिक टर्च प्रज्वलन गर्ने जिम्मेवारी रोकायले पाउने भएका छन्।

दैलेखको श्रीस्थान धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको स्थल हो। श्रीस्थानबाट ओलम्पिक टर्च प्रज्वलन गरी प्रतियोगितास्थलसम्म ल्याउन सके राष्ट्रिय खेलकुदमार्फत कर्णालीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई राष्ट्रियस्तरमा थप स्थापित गर्न सकिने रोकायले भने ।

प्रकाशित मिति : २०८३ मंसिर ६ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।