२०८३ भदौ २७ , शनिबार

१ वर्ष पहिले बरामद गरेको चिनियाँ मदिरा नष्ट



हुम्लामा १ वर्ष अघि बरामद गरेको चिनियाँ अवैध मदिरा प्रहरीले नष्ट गरेको छ। गत कार्ति २१ गते नाम्खा गाउँपालिका– ३ को लामाखोल्सीबाट बरामद गरेको अवैध चिनियाँ मदिरा प्रहरीले नष्ट गरेको हो।

लामाखोल्सी गाउँबाट बरामद गरेको ४०२ कार्टुन अवैध चिनियाँ मदिरा मंगलबार नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
४ हजार ८२४ बोतल चिनियाँ मदिराको २४ लाख १२ हजार बराबर अवैध मदिरा नष्ठ गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खडकाले बताए। जिल्ला स्थित सरोकारवाला निकायाहरूको रोहबरमा नष्ट गरेको डिएसपी खडकाको भनाई छ।

प्रकाशित मिति : २०८३ भदौ २ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।