२०८३ भदौ २६ , शुक्रबार

मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशकमा ललितजगं शाही नियुक्त



मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशकमा ललितजंग शाही नियुक्त भएका छन्।

विश्वविद्यालयको कार्यकारी बैठकको निर्णयअनुसार भदौ २४ गतेदेखि लागू हुने गरी शाहीलाई अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।

विश्वविद्यालयमा आयोजित कार्यक्रममा उपकुलपति ई. डा. राजन सुवालले शाहीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिए। कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, डिन, कार्यकारी निर्देशक तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २०८३ भदौ २४ गते बुधबार

1 प्रतिक्रिया

  • चौहान सिंह राना September 9, 2026

    हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।