
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ ।
मङ्गलवार बिहान करिब १०:४५ बजे घरमै घाँस काट्ने विद्युतीय मेसिन चलाउने क्रममा करेन्ट लाग्दा ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीय श्रीमती धनकुमारी उपाध्याय गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा दुवैलाई तत्कालै उपचारका लागि प्रदेश अस्पताल काला गाउँ सुर्खेत लगिएको थियो।
तर उपचारका क्रममा बिहान ११:१५ बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घटनास्थलमा प्रहरी नायब निरीक्षक गगन सिंहको नेतृत्वमा ६ जनाको प्रहरी टोली खटिएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रबार









