२०८३ वैशाख ८ , मंगलबार

हुम्लामा ८१४ मत गणना हुदा नेकपाको सुरुवाती अग्रता



हुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मत गणना सुरु भएको छ । जिल्लाको ताजाकोट गाउँपालिका १ र २ वडाबाट मतगणना सुरु भएको हो ।

जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जन प्रकाश आधारभुत विद्यालय (३९१) र २ नम्बर वडा कार्यालय मतदान केन्द्र (४२३) ताजाकोटको ८१४ मत गणना भएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए।

राति ९ बजेबाट सुरु भएको मत गणनामा नेकपा एमालेले २३३ मत ल्याउदा, नेपाली कम्युनिस्ट पार्टीले ४०४ मत ल्याएको हो । यता नेपाली काङ्ग्रेसले १६६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मत प्राप्त गरेको छ । भने नेपाल कम्युनिस्ट पार्टी माओवादीले ३ मत ल्याएको अधिकृत बरालले जानकारी दिए ।

गणना भएको कुल मत मध्ये ७ मत बदर भएको छ।

प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार