पश्चिम सुर्खेतको लाइफ लाइनका रूपमा रहेको मदन भण्डारी राजमार्गमा फेरी विवाद सिर्जना भएको छ । पटक पटक विवादकै कारण राजमार्ग निर्माणले तीव्रता पाउन सकिरेहको छैन ।
आइतबार चौकुने गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरूले राजमार्गको २९.२ किलोमिटर खण्ड पुरानो डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) अनुसार नै अगाडि बनाउन माग गर्दै काठमाडौँ पुगेका छन् ।
उनीहरूले संघिय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै राजमार्गको सडकलाई पुरानो डिपिआर अनुसार नै काम अगाडि बढाउ माग गरेका छन् । राजमार्ग निर्माण आयोजनाले पुरानो डिपिआर अनुसार ४६ किलोमिटर लामो पर्ने भन्दै नयाँ आईई (प्रारम्भिक वातवरणिय परीक्षण) तयार गरेको छ ।
नयाँ आईई अनुसार धामिसेन‐पाल्पाघाट हुँदै सिमचौर‐विपिनगर जोड्छ । तर पुरानो डिपिआर अनुसार धामिसेन‐बेनिघाट हुँदै सिमचौर‐बिपिनगर जोड्न्छि । यसरी पुरानो डिपिआर अनुसार गए पश्चिम सुर्खेतको सेती कर्णाली दोभान हुँदै जान्छ । जसले गर्दा पश्चिम सुर्खेतको ठुलो जनसङ्ख्याले लाभ लिनेछन् ।
तर राजमार्ग निर्माण आयोजनाले छोटो पर्ने भन्दै नयाँ आईई अनुसार अगाडि बढ्न खोजेपछि जनप्रतिनिधि र स्थानीयहरू आन्दोलन भएका हुन् । उक्त राजमार्गको उक्त सड्क खण्ड केवल पूर्वाधार निर्माणको विषय मात्र नभई त्यो क्षेत्रका जनताको अधिकार भएको पूर्व राज्यमन्त्री नवराज रावत बताउँछन् ।
‘हामी विकास विरोधी होइनौँ, तर यो सडक हाम्रो बस्ती भएर जानुपर्छ,’ उनले भने, त्यसैले हामी हाम्रो माग बुझाउन राजधानीसम्म आएका हौँ।,’
उनले सडक नागरिकको दैनिकी, जनजीविका र विकाससँग पनि जोडिएकाले पुरानै डिपिआर अनुसार सड्क निर्माण गर्नुपर्ने बताए । त्यसो हुँदा पर्यटकीय सम्भावना बोकेको बेनी घाट, बडी केदार जस्ता धार्मीक पर्यटकीय स्थलमा समेत विकास हुने उनले बताए ।
राजमार्गको उक्त सड्क खण्डमा सरकारले खोजेको नयाँ विकल्पले आफ्नो बस्ती छेउमा ठुलो प्रभाव पार्ने भन्दै नागरिक अगुवा डिलबहादुर बुढाले असन्तुष्टि जनाए । ‘हामी विकास विरोधी होइनौँ, तर यो सडक हाम्रो बस्ती भएर जानुपर्छ,’ उनले भने, त्यसैले हामी हाम्रो माग बुझाउन राजधानीसम्म आएका हौँ।,’
मदन भण्डारी राजमार्ग झापाको बाहुनडाङ्गिदेखि डडेलधुराको रुपालसम्म १२ सय किलोमिटर रहेको छ । तर राजमार्गको कामलाई पुरानो डिपिआरअनुसार बड्डीचौर, गुटु, बेतान, लगाम, धनरास, धामिसेन, ताला गाउँ र बेनिघाट हुँदै जोड्नुपर्ने उनीहरूको दाबी छ ।
सङ्घीय सरकारको स्वामित्वमा रहेको रुख कटानका झमेलाले असार २०७९ मा ठेक्का आह्वान भए पनि बड्डीचौर–खम्बगाडे सडकको काम सुस्त गतिमा अघि बढ्यो । तीन वर्षपछि मात्रै प्रदेश पूर्वाधार विकास निर्देशनालय र सङ्घीय वन विभागबिच सम्झौता भएपछि सडक निर्माणले गति लिएको छ ।
१३.१ किलोमिटर दूरीको यो सडकमा अब कुनै अबरोध नरहेको मदन भण्डारी राजमार्ग योजना प्रमुख इन्जिनियर शङ्कर पौडेलले जानकारी दिए ।
मदन भण्डारी राजमार्ग अन्तर्गतको खम्बागाडे चौर खोला पुलको १.५ किलोमिटरको ठेक्का व्यवस्थापन भएको छैन । बड्डीचौर–खम्बगाडे सडकअन्तर्गत पश्चिम खण्डको विद्यापुरदेखि बल्देसम्मको कामको म्याद २०८२ फागुन १६ गतेसम्म तोकिएको छ । त्यस्तै बल्दे देखि लगामसम्मको म्याद २०८४ भदौ १३ गतेसम्म निर्धारण गरिएको छ ।
चौरखोला देखि विद्यापुरको १० किलोमिटर र बल्देदेखि लगामसम्मको १५ किलोमिटर गरी २५ किलोमिटर सडक खण्ड ठेक्का व्यवस्थापन भएर हाल काम भइरहेको छ । उक्त परियोजनाको प्रारम्भिक बजेट १ अर्ब ३६ करोड रहेको मदन भण्डारी राजमार्ग योजना प्रमुख पौडेलले जानकारी दिए ।

उनका अनुसार उक्त परियोजनाको निर्माण कम्पनी दिवायत्ती विल्र्डसले काम गरिरहेको छ । त्यस्तै सुर्खेत पश्चिमको बड्डीचौर हुँदै मदन भण्डारी राजमार्ग लगाम भएर पाल्पा घाटसँग जोडिन्छ । करिब ८५ किलोमिटर दूरी रहेको यो खण्डको ट्र्याक पहिलो पटक २०५१ सालमा खोलिएको थियो ।
मदन भण्डारी राजमार्ग आयोजनाले विद्यापुर–गुटु–बिजौरा–बल्दे २३ किलोमिटर सडक खण्डको निर्माण २०७९ फागुन १७ गतेबाट सुरु भएको थियो । एक अर्ब २१ करोड लागतमा निर्माण हुन लागेको उक्त सडक बानियाँ मोतिदान डिएस जेभीले निमार्ण कार्य गरिरहेको छ । निर्माण कार्य आगामी २०८२ फागुन १६ गतेसम्म कालोपत्रे सक्ने म्याद तोकिएको इन्जिनियर पौडेलले बताए ।
३८ किमीमा निर्माण कार्य जारी
विद्यापुरदेखि बल्देसम्मको २३ किलोमिटर र बल्दे–लगामसम्मको १५ किलोमिटर गरी कुल ३८ किलोमिटर सडक खण्डको ठेक्का भई निर्माण कार्य जारी रहेको इन्जिनियर पौडेलले बताए ।
उनका अनुसार लगाम बजारदेखि धनरास, धामीसेन हुँदै पाल्पा घाटसम्म करिब ३० किलोमिटर सडकको स्रोत अझै सुनिश्चित हुन बाँकी छ । डीपीआरसहित सबै तयारी सकिएको उनले बताए । बल्दे देखि बेतान हुँदै लगामसम्म सडक विस्तार, चौडाइ र नाला निर्माणको काम भइरहेको इन्जिनियर पौडेलले जानकारी दिए ।
लगामदेखि पाल्पाघाट विवाद कायमै
मदन भण्डारी राजमार्ग अन्तर्गत लगामसम्मको सडक खण्डको ठेक्का भई काम अघि बढिरहेको छ भने लगामदेखि पाल्पा घाटसम्मको सडक खण्डका लागि स्रोत अझै सुनिश्चित हुन बाँकी छ । सो सडक खण्डमा हाल विवाद देखिएको छ ।

नयाँ आईई अनुसार धामिसेन‐पाल्पाघाट हुँदै सिमचौर‐विपिनगर जोड्छ । तर पुरानो सिपिआर अनुसार धामिसेन‐बेनिघाट हुँदै सिमचौर‐बिपिनगर जोड्न्छि ।
धामीसेन–वेनिघाट हुँदै डोटी जोड्ने सडक खण्ड धार्मिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण भएकाले पुरानै डिपिआर अनुसारको काम अगाडि बढाउनु पर्ने चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बन्तोलाले बताए । उनले सडक योजना बनाउँदा ती क्षेत्रलाई संरक्षण गर्दै गाउँ–बस्ती नजिकबाटै बाटो लिनुपर्नेमा जोड दिए ।
‘‘तर हाम्रो जस्तो ठाउँमा पछि न त स्थानीय तहले हेर्छ नत प्रदेश सरकारले नै साइट लाइनको काम गर्छ । त्यसो हुँदा जनताले दुःख पाउँछन्,’’ उपाध्यक्ष बन्तोलाले भने ।
उपाध्यक्ष बन्तोलाका अनुसार छोटो दूरीका लागि सडक सिधै लैजाँदा वेनीघाट क्षेत्रका तीर्थस्थल र धार्मिक संरचनाहरु प्रभावित हुने खतरा छ । ‘‘डोटीको बोक्तान हुँदै बडिकेदार भएर जाने बाटो गाउँ बस्ती भएर जान्छ । त्यसले गाउँ बस्ती र धार्मिक स्थल समेत जोडिन्छन् । त्यसैले पुरानै डिपिआर अनुसारको सड्क निर्माण गर्नुपर्छ भन्ने हाम्रो माग हो,’’ उनले भने ।
मदन भण्डारी राजमार्ग नयाँ आईई अनुसार निर्माण गरिए पश्चिम सुर्खेतका गाउँ बस्ती र तीर्थस्थल जोड्न फेरि अर्को छुट्टै साइट सड्क निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
‘‘तर हाम्रो जस्तो ठाउँमा पछि न त स्थानीय तहले हेर्छ नत प्रदेश सरकारले नै साइट लाइनको काम गर्छ । त्यसो हुँदा जनताले दुःख पाउँछन्,’’ उपाध्यक्ष बन्तोलाले भने । सेती लोक मार्गको काम भइरहेकै अवस्थामा अर्को राजमार्गले समेत तीर्थस्थल जोड्न सके स्थानीय बासिन्दा लाभान्वित हुने उनले बताए ।
कर्णाली र सेतीको दोभान क्षेत्रमा हरेक वैशाख १ गते, माघे सङ्क्रान्ति र शिवरात्रिमा ठुलो मेला लाग्ने गरेको छ । ती ठाउँहरूमा सिधै सड्क सञ्जाल जोडिए धार्मिक स्थल, तीर्थस्थल र स्थानीय पर्यटनलाई समेत टेवा पुग्ने उनको विश्वास छ ।









