नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा ११० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा दर्ता भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा हुम्लाका तारा बहादुर लामाको नाम समेटिएको छ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति हुम्लाबाट सिफारिस गरिएका उम्मेदवार बल बहादुर लामा, रम्बा शाही र तारा बहादुर लामा हुन्। तीन जना मध्ये लामाको नाम बन्दसूचीमा अटाएको हो ।

काङ्ग्रेसको क्रियाशिल सदस्यका रुपमा रहेका लामा यस अघि वडा अध्यक्ष समेत भैसकेका छन् । २०७४ सालमा भएको स्थानिय तहको चुनावमा सिमकोट गाउँपालिका वडा न १ बाट अध्यक्षमा निर्वाचित भएका थिए।
कर्णाली प्रदेशका १० जिल्लामा १२ निर्वाचन क्षेत्रमध्ये ७ जिल्लाबाट समानुपातिक बन्दसूचीमा नाम समेटिएका छन् । जसमा हुम्लाबाट लामा, मुगुबाट रोम रोकाया, कालिकोटबाट काली बहादुर सहकारी र दैलेखबाट सरस्वति श्रेष्ठको नाम समावेश गरिएको छ, भने सुर्खेतबाट पार्वती कुमारी गिरी, सल्यानबाट धुर्व बहादुर मल्ल र रुकुम पश्चिमबाट मान बहादुर नेपालीको नाम समेटिएको निर्वाचन आयोगले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्