फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आजबाट कार्यअवधि समाप्त हुँदै छ। १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई एकसाथ बिदाइ गरिने भएको छ।
निर्वाचन सुरक्षालाई व्यवस्थित बनाउनका लागि उनीहरूलाई ४० कार्यदिनका लागि अस्थायी रूपमा भर्ना गरिएको थियो। निर्धारित अवधि पूरा भएसँगै आजबाट उनीहरूको जिम्मेवारी सकिँदै छ।
यस वर्षको निर्वाचनका लागि नेपाल प्रहरीको मातहतमा १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बलको मातहतमा १५ हजार ११० जना गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी देशभर परिचालन गरिएको थियो।
निर्वाचनको सुरक्षा व्यवस्थापनमा उनीहरूले मतदानदेखि मतगणनासम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्