प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट प्रतिस्पर्धा गरेका १० उम्मेदवारमध्ये ६ जनाको जमानत जफत भएको छ।
खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा बुझाएको धरौटी रकम गुमाएका हुन्।
देशभर चर्चा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विनिता कठायतले ४२१ मत मात्र प्राप्त गर्दै जमानत जोगाउन सकिनन्। त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११२ मत मात्र पाए ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विर्षबहादुर रावतले ४०० मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विर्ख शाही ले ७१ मत पाए।
नेपाल जनता पार्टीका रनील विक्रम शाहीले ४३ मत मात्र प्राप्त गरे । यी सबै उम्मेदवारहरूले कानुनी रूपमा आवश्यक मत ल्याउन नसकेपछि जमानत जफत भएको हो ।
यसैगरी स्वतन्त्र उम्मेदवार भक्त बहादुर रावलले पनि न्यून मत प्राप्त गरेपछि उनको जमानत जफत भएको छ।
उता प्रतिनिधिसभा सदस्यतर्फ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् ।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार नरेश भण्डारीलाई ३ हजार २४१ मतान्तरले पराजित गरेका हुन्।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी भएका छन्।
उनले नेपाल कम्युनिष्ट पार्टी का नरेश भण्डारीलाई ३ हजार २४१ मतान्तरले पराजित गरेका हुन्।










प्रतिक्रिया दिनुहोस्