कर्णाली प्रदेश सरकारले प्रदेशका दुई महत्त्वपूर्ण सडक आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दैलेख हुँदै कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई प्रादेशिक प्राथमिकता आयोजनाका रूपमा समावेश गर्ने निर्णय गरेको हो।
उक्त सडकलाई अब राष्ट्रिय योजना आयोगसमक्ष राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा राख्न सिफारिस गरिने प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए।
यसैगरी, जाजरकोटको वडावन–सानाखोला सडकलाई पनि प्रादेशिक प्राथमिकता आयोजनामा समावेश गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा सिफारिस गर्ने निर्णय गरिएको छ।
त्यसै बैठकले कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ समेत स्वीकृत गरेको प्रवक्ता शाहले बताए।











प्रतिक्रिया दिनुहोस्