कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु गर्दा खादाँ एकै परिवारका दुई बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चुरे गाउँपालिका–३ का आठ वर्षीय भीम ताम्राकार र उनका दाजु दीपकको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो। सोही मासु खाएर बिरामी परेकी आमा राधिका ताम्राकार र तीन वर्षीय कान्छा छोरा दीपेशको भने अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार उक्त परिवारले वैशाख ३ गते स्थानीय विकास पोल्ट्री फार्मबाट मरेको ब्रोइलर कुखुरा खरिद गरी सेवन गरेका थिए।
मासु खाएपछि परिवारका सबै सदस्य बिरामी परेका थिए, तर घटनाबारे प्रहरीलाई वैशाख ४ गते मात्र जानकारी प्राप्त भएको थियो।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार प्रहरीको समन्वयमा बिरामीहरूलाई सेती प्रादेशिक अस्पताल पु¥याइएको थियो, जहाँ उपचारकै क्रममा दाजुभाइको ज्यान गएको हो। आमा र कान्छा छोराको अवस्था भने मध्यम रहेको जनाइएको छ।
घटनापछि पोल्ट्री फार्म सञ्चालक मङ्गल साउँद इलाका प्रहरी कार्यालय मालाखेतीमा स्वयं उपस्थित भई आवश्यक बयान दिएका छन्। उनलाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा कागज गराइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्