२०८३ वैशाख ४ , शुक्रबार

हुम्लाबाट राप्रपाले २६ वर्षीय युवालाइ गर्यो उम्मेदवार सिफारिस



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुम्ला जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २६ वर्षीय कुशल बुढासहित तीन जनाको उम्मेदवारी सिफारिस गरेको छ।

मंगलबार बसेको जिल्ला कमिटीको बैठकले खार्पुनाथ गाउँपालिका–१ गोक्पा निवासी तथा राप्रपाका जिल्ला प्रवक्ता कुशल बुढाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले बुढासँगै नवीन शाही र छक्क बुढाको नामसमेत सिफारिस गरेको राप्रपाका जिल्ला अध्यक्ष विकास महतले बताएका छन् ।

अध्यक्ष महतका अनुसार छक्क बुढा सर्केगाड गाउँपालिका–१ जैरका स्थायी बासिन्दा हुन्। उनी पार्टीका पूर्व कर्णाली प्रदेश कमिटी अध्यक्षसमेत रहेका छन्। यस्तै, नवीन शाही सर्केगाड गाउँपालिका–४ सायाका स्थायी बासिन्दा हुन् र सोही वडाका वडाध्यक्षसमेत हुन्।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक तथा प्रदेश सभा निर्वाचन क्षेत्र दुई रहेको हुम्लामा सिफारिस गरिएका तीन उम्मेदवारमध्ये एक जना प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ र दुई जना प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ बाट रहेका छन्।

प्रकाशित मिति : २०८२ पुस २९ गते मंगलबार