२०८३ कात्तिक १२ , बुधबार

राष्ट्रिय लिग फुटबलमा कर्णालीबाट काँक्रेविहार क्लबको खेल्ने



यही पौष ३० गतेदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगितामा काँक्रेविहार क्लब सुर्खेतले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै  सहभागिता जनाउने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने ए डिभिजन स्तरको राष्ट्रिय लिगमा पश्चिम नेपालबाट समेत पहिलो पटक सहभागी हुन लागेको क्लबका खेलाडी तथा अफिसियलहरूलाई आज एक कार्यक्रमबीच औपचारिक रूपमा विदाइ गरिएको हो।

विदाइ कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाललगायत जनप्रतिनिधि र खेलप्रेमीहरूले शुभकामना व्यक्त गरे।

मन्त्री भण्डारीले काँक्रेविहार क्लबले कर्णालीको खेल इतिहासमा नयाँ अध्याय सुरु गरेको उल्लेख गर्दै खेलाडीमा लगानी गर्न प्रदेश सरकार तयार रहेको बताए।

त्यसैगरी वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले काँक्रेविहार क्लबको सफलताले कर्णालीका युवामा आत्मविश्वास बढाएको थिए ।

उहाँले नगरपालिकाले सम्भव भएसम्म खेलकुद पूर्वाधार विकास, प्रशिक्षण तथा प्रतिभा पहिचानमा सहकार्य गर्ने बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा पौष ३० गते काँक्रेविहार क्लब र फ्रेन्ड्स क्लबबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतिस्पर्धा हुनेछ।

ए डिभिजनका १३ टोलीसहित कुल १७ टोली सहभागी हुने प्रतियोगितामा विजेताले नगद ५० लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।