२०८३ वैशाख ८ , मंगलबार

रास्वपाले समानुपातिक सांसदलाई क्षेत्रगत जिम्मेवारी तोक्यो



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने आफ्ना समानुपातिक सांसदहरूलाई क्षेत्रगत जिम्मेवारी तोकेको छ।

आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ जित हासिल गर्न नसकेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई खटाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सांसदहरूको कार्य विभाजन गरी सोमबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले मंगलबार जानकारी दिँदै समानुपातिक सांसदहरूको जिम्मेवारी निर्धारण गरिएको बताए।

उनका अनुसार प्रत्यक्ष निर्वाचनमा विजय हासिल गर्न नसकेका क्षेत्रहरूमा पार्टीको संगठन सुदृढीकरण तथा गतिविधि विस्तारका लागि समानुपातिक सांसदलाई जिम्मेवारी दिइएको हो।

‘पार्टीले प्रत्यक्ष निर्वाचनमा जित हासिल गर्न नसकेका क्षेत्रहरूमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ,’ बुर्लाकोटीले भने।

सांसदहरूको विस्तृत क्षेत्रगत सूची पार्टीले सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार