२०८३ वैशाख ६ , आइतबार

पेट्रोलियम मूल्यवृद्धि फिर्ता लिन २४ घण्टे अल्टिमेटम, आन्दोलनको चेतावनी



राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम र सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक सुनिल सिंहले २४ घण्टाभित्र मूल्य समायोजन नगरे नेपाल आयल निगम घेराउ गर्ने चेतावनी दिए।

उनले बढ्दो महँगीका कारण सर्वसाधारण थप मारमा परेको उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

त्यसैगरी, सह–संयोजक अजय सोडारीले छिमेकी देशहरूमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहँदा नेपालमा अत्यधिक वृद्धि गरिएको भन्दै आपत्ति जनाए।

उनले भारतमा पेट्रोलको मूल्य तुलनात्मक रूपमा कम हुँदा नेपालमा उच्च हुनु अनुचित रहेको बताए।

अभियानले सरकार र सम्बन्धित निकायले जनताको माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार