२०८३ वैशाख ६ , आइतबार

मन्त्रीहरूलाई छुट्टै फोन दिने हल्ला निराधार : सरकार




सरकारले मन्त्रीहरूलाई छुट्टै फोन र सिम उपलब्ध गराउने विषयमा फैलिएको हल्ला निराधार रहेको स्पष्ट पारेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहले प्रधानमन्त्री र मन्त्रीहरूबीच समन्वयका लागि विशेष फोन आवश्यक नभएको बताए।

उनका अनुसार कार्यालय समयमा सिंहदरबारमै प्रत्यक्ष भेटघाटबाट समन्वय हुने भएकाले छुट्टै सञ्चार व्यवस्था आवश्यक छैन।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रीहरूका लागि ‘गोप्य’ सञ्चार च्यानल बनाउने कुनै निर्णय नभएको जानकारी दिए।

परराष्ट्रमन्त्री शिशिर खनालले पनि अतिरिक्त फोन र सिम वितरण गरिएको सूचना भ्रामक भएको बताए।

त्यस्तै, सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रीहरूले हाल आफ्नै फोन प्रयोग गरिरहेको स्पष्ट पार्दै सरकारी स्रोतबाट फोन उपलब्ध गराउने कुनै तयारी नरहेको बताए।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार