२०८३ जेठ १९ , मंगलबार

समानुपातिकमा रास्वपाको ऐतिहासिक अग्रता, ५० लाख मत कटायो



बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाखभन्दा बढी मत प्राप्त गरेको छ।

हालसम्म १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेको हो।

त्यस्तै, नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६ मत प्राप्त गरेको छ भने नेकपा (एमाले)ले १४ लाख ११ हजार ४२९ मत ल्याएको छ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेको छ। चार महिनाअघि मात्र स्थापना भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ मत ल्याएको छ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गरेको छ।

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार