आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालयले जिल्लाका आठ वटै स्थानीय तहका ६० वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।

फागुन ३ देखि १७ गतेसम्म सञ्चालन हुने कार्यक्रममा प्रत्येक वडामा एक-एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिने निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए।
आयोगको कार्यविधिअनुसार एसइई वा सो सरह उत्तीर्ण बाल विकास सहजकर्ता, स्वास्थ्यकर्मी वा स्थानीय स्वास्थ्य स्वयंसेविकालाई प्राथमिकतासाथ स्वयंसेवक नियुक्त गरिनेछ।
कार्यक्रमको उद्देश्य मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग र बदर मत न्यूनीकरणबारे सचेत गराउनु रहेको छ। जिल्लामा कुल ७१ हजार ७३९ मतदाता रहेका छन्, जसमा ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार











प्रतिक्रिया दिनुहोस्