सुर्खेतमा जंगली च्याउ सेवन गरेपछि एक महिला बिरामी परेकी छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार साउन ४ गते दिउँसो करिब १ः३० बजे वीरेन्द्रनगर नगरपालिका–२ बाङ्गेसिमल निवासी ४० वर्षीया कोशिला पौडेलले घरमा पकाएको जंगली च्याउ खाएपछि स्वास्थ्यमा समस्या देखिएको हो।
स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई साँझ करिब ५ बजे कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेतमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको र अस्पतालमा उपचार भइरहेको छ।
बिरामीको उपचारका क्रममा उनका छोरा राजन पौडेल संलग्न रहेका छन्। घटनाबारे कर्णाली प्रदेश अस्पतालमा खटिएका प्रहरी हवल्दार दिनेश पौडेलले जानकारी दिएका छन्।
प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार









