२०८३ साउन ११ , सोमबार

जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि १० जनाको उम्मेदवारी दर्ता



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्ला जिल्लामा उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार एक जना स्वतन्त्र उम्मेदवारसहित कुल १० जनाले उम्मेदवारी दर्ता गराएका छन्।

दलगत रूपमा नेकपा (एमाले)बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बिनिता कठायत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाही चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

यसैगरी नेपाल मजदुर किसान पार्टीबाट विर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धिताल, नेपाल जनता पार्टी (नेजपा)बाट रनिल विक्रम शाही तथा नेकपा (माओवादी)बाट विर्खबहादुर शाहीले पनि उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्रतर्फ भक्तबहादुर रावल उम्मेदवार बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।