
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ सुगर खोलामा एक पुरुषले काठको टुक्रा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलवार बिहान करिब १:४० बजे ४२ वर्षीय दानसिंह ठाडा मगरले आफ्नी श्रीमती अन्दाजी ४१ वर्षीय रबिना ठाडा मगरलाई सुतिरहेको अवस्थामा काठको टुक्राले टाउकोमा प्रहार गरेका थिए।
खाटको खुट्टा बनाउन राखिएको काठको टुक्राले प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढा थापा जानकारी दिएका छन् ।
घटनाबारे स्थानीयले राति करिब २:३० बजे अस्थायी प्रहरी बिट कहरेखोलामा खबर गरेका थिए।
खबर पाएपछि प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेर घटनामा संलग्न दानसिंहलाई नियन्त्रणमा लिएको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ साउन ११ गते आइतबार











प्रतिक्रिया दिनुहोस्