२०८३ वैशाख ८ , मंगलबार

सुशासन र वातावरण संरक्षणको माग गर्दै बोहोराको काठमाडौमा

आजको भेट माओवादी अध्यक्ष प्रचण्डसँग


सुर्खेत । करिब एक महिनाको पैदल यात्रा सम्पन्न गरी काठमाडौं आइपुगेका नवराज बोहोराले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे लगत्तै सोमबार प्रचण्डसँग भेटेका हुन्।

कर्णालीको समग्र विकास, वातावरण संरक्षण र सुशासन प्रवर्द्धनका विषयमा जानकारी गराएका छन्। उनले कर्णाली क्षेत्र विकासमा पछाडि पर्नु, वातावरणीय समस्या, भ्रष्टाचार र अनियमितता विरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित यात्रा सुरु गरेको बताए।

बोहोराको यो अभियानलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दै अध्यक्ष प्रचण्डले यसलाई माओवादी केन्द्रको विचारधारा र उद्देश्यसँग मिल्दो बताउँदै स्वागत गरेका थिए। उनले आफ्नो प्रधानमन्त्रीकालमा कर्णालीको समृद्धिका लागि विभिन्न योजनाहरू अगाडि बढाइएको स्मरण गर्दै, बोहोराको यो पहलले ती प्रयासहरूलाई थप गति र ऊर्जा दिने विश्वास व्यक्त गरे।

साथै, प्रचण्डले बोहोरालाई निरन्तर अभियान सञ्चालन गर्न शुभकामना दिँदै आवश्यक सहयोग र समर्थन रहने प्रतिबद्धता पनि जनाएका छन्।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार