
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हालका राजनीतिक घटनाक्रममा षड्यन्त्रकारी तत्त्व सक्रिय हुन सक्ने भन्दै दलहरू एकजुट हुनुपर्ने बताएका छन्।
गृहजिल्ला सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारसँग कुरा गर्दै खड्काले पार्टी रूपान्तरणबारे निर्णय अब बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने बताएका छन्।
उनले जेन–जी आन्दोलनले देखाएको अवस्थामाथि आत्मसमीक्षा आवश्यक रहेको उल्लेख गर्दै नेता-कार्यकर्तालाई संयमित रहन आग्रह गरे।
“अब अरूलाई दोष दिने होइन, सबैले आत्मालोचना गर्दै नयाँ सङ्कल्पसहित अघि बढ्नुपर्छ,” उनले भने ।
संविधान निर्माणमा भूमिका खेलेका दलहरूको ठूलो जिम्मेवारी रहेको स्मरण गराउँदै उपसभापति खड्काले देशलाई अस्थिर बनाउन खोज्ने तत्व पहिचान गर्न राजनीतिक दलहरूबीच एकता आवश्यक रहेकोमा जोड दिए।
प्रकाशित मिति : २०८२ असोज ९ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्