
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह नेतृत्वको सरकारले शनिबार सय दिने उपलब्धि सार्वजनिक गर्ने भएको छ।
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार असार २० गते सरकार गठन भएको सय दिन पूरा हुने भएकाले सोही दिन सरकारले गरेका कामको समीक्षा र उपलब्धिको सूची सार्वजनिक गर्न लागिएको हो।
सरकारले राजनीतिक नियुक्ति खारेज, उच्चपदस्थको सम्पत्ति छानबिनका लागि आयोग गठन, कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल, सार्वजनिक जग्गा फिर्ता, मन्त्रालय तथा दरबन्दी कटौती र सेवाप्रवाह सुधारलाई उपलब्धिका रूपमा समेट्ने तयारी गरेको छ।
सरकारमाथि भने विकल्पविनै सुकुम्बासी हटाउन खोजेको, उद्यमी–व्यवसायीलाई दुःख दिएको, विपक्षीमाथि प्रतिशोध साँधेको, कर बढाएको र महँगी नियन्त्रण गर्न नसकेको आरोप लाग्दै आएको छ।
प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार








