जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा विजयी भएका छन्।

लामो समयदेखि नेकपा नेता शक्ति बहादुर बस्नेतले जित्दै आएको कम्युनिष्टको किल्ला भत्काउँदै बुढाले जित हात पारेका हुन्।
अन्तिम मतपरिणाम अनुसार बुढाले २० हजार १३८ मत प्राप्त गरेका छन् भने उनका प्रमुख प्रतिस्पर्धी बस्नेतले १७ हजार ४०० मत पाएका छन्।
यस्तै, नेकपा एमालेका उम्मेदवार डम्बर बहादुर सिंहले १६ हजार ८८२ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार








