श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनलाइन तथा सामाजिक सञ्जालमा जथाभाबी बोल्ने र अभिव्यक्ति दिने व्यक्तिमाथि कारबाहीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभामा विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको विनियोजनमाथिको छलफलका क्रममा गृहमन्त्रीको जवाफमाथि प्रष्टीकरण माग गर्दै साम्पाङले यस्तो धारणा राखेका हुन्।
गृहमन्त्री सुधन गुरुङले दिएको जवाफपछि बोल्दै साम्पाङले “अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?” भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रतिनिधिसभाको आजको बैठकमा ९ मन्त्रालयसहित १३ निकायको विनियोजनमाथि छलफल सम्पन्न गरी विनियोजन विधेयक पारित गर्ने कार्यसूची रहेको छ।
प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार









