कर्णाली प्रदेश सरकारले बिहिवार चार महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद बैठकबाट भएका निर्णय सार्वजनिक गरेको हो।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रिक्त सचिव पदमा कार्यवाहक सचिव तोक्ने निर्णय गरिएको छ। यद्यपि नियुक्त हुने व्यक्तिको नाम भने खुलाइएको छैन। साथै, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशक खटाउने निर्णय समेत गरिएको छ।
प्रदेश सरकारले वार्षिक कार्यक्रमअन्तर्गत दुई शीर्षकबाट स्थानीय तहलाई रकम निकासा गर्न सम्बन्धित निकायलाई अख्तियारी पठाउने निर्णय गरेको छ। त्यस्तै, ‘कर्णाली प्रदेश आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धी विधेयक, २०८२’ आवश्यक संशोधनसहित प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्