२०८३ वैशाख ४ , शुक्रबार

सरकारले विभिन्न तहका परीक्षा लक्षित गरी सञ्चालन हुँदै आएका ‘ब्रिज कोर्ष’ कक्षामा रोक



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पदभार ग्रहण गरेकै दिन शुक्रबार उक्त निर्णय गरेका हुन्, जसलाई मन्त्रालयले आइतबार सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार यस्ता कक्षाले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने, शिक्षामा समतामूलक पहुँचमा असर गर्ने तथा अनावश्यक आर्थिक बोझ बढाउने निष्कर्ष निकालिएको छ।

विद्यालय तहदेखि उच्च शिक्षासम्म भर्ना लक्षित प्रवेश परीक्षा तयारीका नाममा विभिन्न संस्थाले सञ्चालन गर्दै आएका ‘ब्रिज कोर्ष’ तथा तयारी कक्षाहरू आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गरिने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा यस्ता कार्यक्रम सञ्चालन भए/नभएको अनुगमन गर्न र सञ्चालन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार