विश्वविद्यालय तथा क्याम्पसका भवन जीर्ण भइसकेको भन्दै विद्यार्थीहरूले ‘भिक्षाम् देही’ अभियान सुरू गरेका छन्। काठमाडौंको त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा विद्यार्थीहरूले ‘भिक्षा देऊ’ अभियान सुरू गरेका हुन्।
त्रिचन्द्र क्याम्पसका स्ववियु सभापति गोविन्द कोइरालाले ‘भिक्षाम् देही’ अभियान सुरू गरिएको जानकारी दिए। ‘क्याम्पसका भवनहरू जीर्ण छन्, सरकारले बजेट विनियोजनमा ध्यान दिएको छैन, हामीले पटक पटक यस विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छौं,’ उनले भने, ‘सबल विद्यार्थीको आधार, सुधृढ विश्वविद्यालय र पूर्वाधार हो।’
उनले विश्वविद्यालय र क्याम्पसहरूका भवन जीर्ण भइसकेको तथा कक्षाकोठा, प्रयोगशाला मर्मत गर्न सरकारले ध्यान नदिएको पनि बताए। ‘अब हामी आफ्नै भिक्षादानबाट क्याम्पस भवन बनाउँछौं। सम्पूर्ण विद्यार्थी साथीहरूलाई यस ‘भिक्षाम् देही’ कार्यक्रममा सहभागी भइदिनुहुन अनुरोध छ,’ उनले भने।
तस्बिरहरू:














प्रतिक्रिया दिनुहोस्