सरकारले विद्यालय तथा विश्वविद्यालयमा सक्रिय दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पारित गरेको सय दिने कार्यसूचीमा शिक्षा क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्ने उद्देश्यसहित यस्तो व्यवस्था समावेश गरिएको हो।
सरकारका अनुसार शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त बनाउँदै शैक्षिक वातावरण सुधार गर्न दलीय विद्यार्थी संगठन हटाउने निर्णय गरिएको हो।
यसले विद्यालय तथा विश्वविद्यालयमा हुने राजनीतिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यसूचीमा दलीय विद्यार्थी संगठनको सट्टामा ९० दिनभित्र नयाँ संरचना गठन गर्ने उल्लेख गरिएको छ।
नयाँ संरचनालाई ‘विद्यार्थी काउन्सिल’ वा ‘भ्वइस अफ स्टुडेन्ट’ नाम दिइने बताइएको छ ।

प्रकाशित मिति : २०८२ चैत १४ गते शनिबार









