२०८३ वैशाख ४ , शुक्रबार

खड्कालाई कांग्रेसले माग्यो ७ दिने स्पष्टीकरण



नेपाली कांग्रेसले पार्टीका पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

कांग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटरप्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उपयोग गरेको भन्दै उनलाई कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

समितिका अनुसार खड्काले गत चैत ३० गते पार्टी विधान विपरीत कार्य गरेका थिए। यसअघि पनि चैत १४ गते उनले पार्टीको लेटरप्याडमार्फत वक्तव्य जारी गरेपछि समितिले उनलाई सचेत गराएको थियो।

यसैबीच, समितिले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गर्ने व्यक्तिहरूविरुद्ध उजुरी दिने समयसीमा वैशाख मसान्तसम्म थप गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति : २०८३ वैशाख २ गते बुधबार