२०८३ वैशाख ४ , शुक्रबार

हुम्लाबाट २३ जना नेकपाको केन्द्रिय सदस्य मनोनित



नेपाली कम्युनिस्ट पार्टी (नेकपा) हुम्लाबाट २३ जना केन्द्रिय सदस्य मनोनित भएका छन । नेपाल कम्युनिस्ट माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी (एस) र माओवादी समाजवादी पार्टी एकतापछि हुम्ला जिल्लामा २३ जना केन्द्रिय सदस्यमा मनोनित भएका हुन ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट ८ जना, एकिकृत समाजवादी पाटीबाट ८ जना, माओवादी समाजवादी पार्टी ६ र जनसमाजवादीको १ गरी २३ जना केन्द्रिय सदस्यमा मनोनित भएको नेपाली कम्युनिस्ट पार्टी हुम्लाका एक केन्द्रिय सदस्यले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट विजय भण्डारी, छिर्मीदोर्जी लामा, छिरिङ दम्डुल लामा, लालकेश जैसी, बिरजन शाही, सुस्मिता शाही, रणसिहं परियार, डा.दीपेन्द्र रोकाया मनोनित भएका छन । भने एकिकृत समाजवादी पार्टी (एस)बाट हस्तबहादुर शाही, शिवराज शर्मा, जोशी धामी, प्रेमा लामा, प्रेमकला शाही, बविता शिरा, तिर्थराज रोकाया र कमल छत्याल मनोनित भएको श्रोतले जनाएको छ ।

यस्तै गरी माओवादी समाजवादीबाट कर्णजित बुढाथोकी, रंगमल रोकाया, ज्ञानु फडेरा, जीवन ऐडी, नाम्ग्याल तामाङ, प्रमोद लामा मनोनित भएका छन । जन समाजवादी पाटी सुभाष काप्लेको पार्टीबाट हुम्लाको ताजाँकोट गाउँपालिका सम्राट रम्तेल पनि केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट माओवादी केन्द्रका योग्दान पुर्याएका नेताहरु केन्द्रिय सदस्य मनोनित नगरेपछि आलोचना बढेको छ ।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार