२०८३ वैशाख ४ , शुक्रबार

एमाले हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिस



नेकपा एमाले हुम्ला जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

बुधवार जिल्ला कमिटीको बैठकले दुई पुरुष एक महिला उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन क्षेत्र दुई भएको हुम्लामा तीनै जना उम्मेदवार प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट रहेका छन्।

सिफारिस गरेका उम्मेदवारहरूमध्ये दल रावल, दल फडेरा र सौमती ऐडी हुन् । रावल एमालेका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज समेत रहेका छन् । साथै २०७४ को निर्वाचनमा कर्णाली प्रदेश सभा सांसद तथा सामाजिक विकास मन्त्री समेत भएका थिए भने २०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित भएका उम्मेदवार हुन् ।

यता, फडेरा पार्टीका केन्द्रीय सदस्य हुन् । साथै ७४ को निर्वाचनमा जिल्लाको अदानचुली गाउँपालिका अध्यक्ष जितेका थिए । भने ७९ को निर्वाचनमा पालिका अध्यक्षमा पराजित भएका उनी प्रदेश सभा सदस्यमा पनि पराजित भएका हुन् ।

त्यस्तै, प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएकी ऐडी २०७४ को स्थानिय तह निर्वाचनमा अदानचुली गाउँपालिका उपाध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन्।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार