राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको समानुपातिक प्राइमरी निर्वाचनको मतपरीणाम सार्वजनिक गरिएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पार्टीको समानुपातिक सूचीतर्फ कर्णाली प्रदेशबाट सबैभन्दा धेरै मत महम्मत हसरत अलीले पाएका छन् । उनले १४ हजार ४ सय ६३ मत प्राप्त गरेका छन् ।
रास्वपाले छुट्टाएका विभिन्न कलस्टर मध्ये मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै देशभरबाट शिर्ष ३ मा परेका अली कर्णालीका कुल आकांक्षी समानुपातिक उम्मेदवार मध्ये पहिलो भएका हुन् । उनी प्रतिनिधि सभा निर्वाचन २०७९ मा सुर्खेत निर्वाचन क्षेत्र न. १ बाट प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन्। नेपाली काङ्ग्रेसका उपसभापति पुर्ण ब खण्डकाबाट पराजित बनेका अलीले ९ सय ९७ मत पाएका थिए।
यता, प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा जाने चर्चामा रहेर रोकिएको भनिएकी टासी लोजोम लामा प्रदेशभर धेरै मत पाउनेमा दोस्रोमा परेकी छन् । उनले १३ हजार ७२ मत पाएकी छन् । आदिवासी जनजातिअन्तर्गत देशैभर तेस्रो नम्बरमा सबैभन्दा धेरै मत प्राप्त गर्ने उमेदवारमा उनको नाम छ ।
दलिततर्फ देशभरबाट शिर्ष ९ मा परेकी चन्द्रकला वि.क यस प्रदेशको धेरै मत पाउने तेस्रो उम्मेदवारमा परेकी छन् । विकले ९ हजार ७ सय १७ मत पाएकी हुन्।
कर्णाली प्रदेशबाट मुगु बाहेक अन्य ९ जिल्लाका करिब २६ जनाले समानुपातिक उम्मेदवारको प्राईमरी निर्वाचनमा भाग लिएका थिए।











प्रतिक्रिया दिनुहोस्