कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पश्चिम सुर्खेतमा सञ्चालन भइरहेका विकास परियोजनाको अनुगमनमा निस्किएका छन्।

सोमबार उनले मदन भण्डारी राजमार्गअन्तर्गत बड्डिचौर-खम्बागाडे, बाबियाचौर–जामु, कुइने, हुर्के–तरंगा लगायतका सडक तथा तिखाकुना पुलको प्रगति अवलोकन गरेका थिए।
निर्माणमा ढिलाइ भइरहेको बड्डिचौर–खम्बागाडे सडकका रुख कटान र जग्गाभोगाधिकारका कारण उत्पन्न समस्या समाधान गर्दै कामलाई तीव्र बनाउन उनले निमार्ण कम्पनीलाई निर्देशन दिएका छन्।
बजेट तथा भुक्तानीमा अभाव नहुने प्रतिवद्धता जनाउँदै कँडेलले तोकिएको समयभन्दा अगावै सडक निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरे।
२०७८/७९ मा ४२ करोड ४७ लाख रुपैयाँमा सम्झौता गरिएको १३.२ किमी सडकमध्ये आठ किलोमिटर सडक असारभित्र कालोपत्रे गर्नेगरी काम अघि बढेको निर्माण पक्षले बताएको छ। अवलोकन क्रममा मुख्यमन्त्रीले स्थानीयस्तरका समस्याप्रति पनि चासो देखाएका छन् ।











प्रतिक्रिया दिनुहोस्