सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले) का सबै मन्त्री तथा राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्।

बर्खास्त हुनेमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की तथा भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला साउद रहेका छन्।
कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेसँग बजेटलाई लिएर विवाद चुलिएपछि मुख्यमन्त्री शाहले यो निर्णय गरेका हुन्।
एमालेको समर्थनमा रहेको सुदूरपश्चिम सरकारले असार १ गते आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर आफ्नै सरकारद्वारा ल्याइएको बजेटप्रति असन्तुष्टि जनाउँदै एमालेका छ जना प्रदेशसभा सदस्यले छ वटा मन्त्रालयको बजेटमा खर्च कटौती प्रस्ताव दर्ता गरेका थिए।
बजेटप्रति एमालेको असहमतिपछि विकसित राजनीतिक परिस्थितिका बीच मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई सरकारबाट बर्खास्त गरेका हुन्।










Ramro
बजेट ल्याउन नदिनेलाइ यस्तै हाे गर्न