२०८३ भदौ २६ , शुक्रबार

बाढीको ११ दिनपछि दुई जनाकाे जीवितै उद्धार



रसुवा बाढीको ११औँ दिन शनिबार दुई जनाको चमत्कारिक रूपमा जीवितै उद्धार गरिएको छ।

नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा घरको भग्नावशेषमा पुरिएकी ५५ वर्षीया चण्डिका श्रेष्ठलाई सशस्त्र प्रहरीको टोलीले ११औँ दिनमा जीवितै उद्धार गरेको हो। उद्धारपछि उनले पानी खाएको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।

यस्तै, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकलाई पनि नेपाली सेना र दक्षिण कोरियाका विपद् विज्ञको टोलीले जीवितै उद्धार गरेको छ।

यसअघि बाढीको १०औँ दिन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो। लगातार दुई दिन मानिसहरू जीवितै भेटिएपछि उद्धार अभियानमा थप आशा सञ्चार भएको छ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।